आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विज्ञापन
ncell

सोमबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो ।

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ९ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँ कायम भएको छ । सोमबार भने चाँदीको मूल्य ४ हजार ६ सय २० रुपैयाँ थियो ।