महानगरका तत्कालीन इन्जिनियरसहित चार जनामाथि मुद्दा दायर

विज्ञापन
ncell

आयोगले महतोमाथि चार करोड ४८ लाख ८९ हजार ८४१ बिगोसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका हुन् ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने, छल्ने, रुपान्तरण गर्ने, स्वामित्व परिवर्तन गर्नेलगायत सम्पत्ति शुद्धीकरण गरेको भन्दै काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीसहित चार जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले महानगरका तत्कालीन इन्जिनियर प्रतिवादी महतो कोइरी, उनको पत्नी मालाकुमारी महतो, रीना कुशवाहा र कुशवाहाको पति कृष्णप्रसाद मेहतासहितलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरणअनुसार मुद्दा दायर गरिएको हो । आयोगले महतोमाथि चार करोड ४८ लाख ८९ हजार ८४१ बिगोसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका हुन् ।