सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही गरोस्: बराल
नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले सत्तारुढ दल रास्वपाकै कार्यकर्ताबाट आफूलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् ।
काठमाडौं । नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले सत्तारुढ दल रास्वपाकै कार्यकर्ताबाट आफूलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् ।
उनले रसुवा बाढीपीडितको छिटो उद्धार गर्न माग गरेकै भरमा आफू साइबर बुलिङमा परेको बताइन् । उनले महिलामाथि गालीगलौज गर्ने र धम्की दिने कार्यमा संलग्नलाई छिटोभन्दा छिटो कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । सांसद बरालले बाढीपीडित महिला, सुत्केरी र अन्य पीडितले भोगिरहेको समस्याप्रति पनि सरकार गम्भीर बन्नुपर्ने बताइन् ।
सडकमै मै महिला सुत्केरी हुनुपर्ने र ग्यास नपाएकै कारण खोलामा हाम फाल्नुपर्ने अवस्था रहेको भन्दै उनले सरकारको यस्तै नीति हो र ? भन्दै प्रश्न पनि गरिन् । सांसद बरालले सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेर गालीगलौज गर्ने गतिविधि भइरहेको भन्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
