रसुवा बाढी प्रभावितलाई इन्ड्राइभको साढे ७ करोड सहयोग
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि सरकारले सञ्चालन गरिरहेको प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक योगदान गरेको हो ।
काठमाडौं । मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले इनड्राइभले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे ७ करोड रुपैयाँ सहयोग गरेको छ ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि सरकारले सञ्चालन गरिरहेको प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक योगदान गरेको हो ।
उक्त सहयोग इनड्राइभ नेपालका प्रतिनिधिहरूले बुधबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् । कोषमा गरिएको आर्थिक योगदानसँगै इन्ड्राइभले बाढी प्रभावित समुदायसम्म प्रत्यक्ष राहत पुर्याएको छ । यसअन्तर्गत नुवाकोटको विदुर नगरपालिका वार्ड न-९ का बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
प्रत्यक्ष राहत सहयोगअन्तर्गत प्रभावित परिवारको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट तथा स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री वितरण गरिएको हो । इन्ड्राइभका फाउन्डर तथा सीईओ आर्सेन टोम्स्कीले नेपालमा आएको विनाशकारी बाढीले धेरै परिवार र समुदायलाई गम्भीर क्षति र कठिन परिस्थितिको सामना गर्न बाध्य बनाएको बताए ।
‘आफ्ना प्रियजन, घर वा जीविकोपार्जनको आधार गुमाउनुभएका सबैप्रति हामी गहिरो संवेदना व्यक्त गर्दछौँ । नेपाल-इनड्राइभ समुदायको महत्वपूर्ण हिस्सा हो र यस्तो कठिन समयमा हामी नेपाली जनताको साथमा उभिन चाहन्छौँ,’ उनले भने ।
