जलविद्युत आयोजनाको टनेलभित्र १ सय २१ जना फसेको सेनाको अनुमान, टनेल ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी राख्ने

विज्ञापन
ncell

परियोजनामा काम गर्नेहरु ९ सय भन्दा बढी सम्पर्कविहीन भएको भएपनि ती सबै टनेलभित्र भने नरहेको उनको भनाई छ ।

काठमाडौँ । नेपाली सेनाले रसुवा बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा रहेका जलविद्युत आयोजनाका सुरुङमा १ सय २१ जना मात्रै फसेको बताएको छ । 

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमवार आयोजित कार्यक्रममा नेपाली सेनाका नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले उक्त जानकारी दिएका हुन् । उनका अनुसार रसुवागढीमा ५, लाङटाङमा ७, चिलिमेमा ७, अपर त्रिशूली-१ मा करिव ५०, त्रिशुली ३ ए मा करिव ४२ गरी १२१ जनाको हाराहारीमा टनेल भित्र रहेका छन् । त्रिशूली ३ बी मा हराएका सबै व्यक्ति टनेलभित्र प्रवेश गरेका व्यक्ति नभएको उनले बताए । विभिन्न परियोजनासँग आवद्ध सबै व्यक्ति टनेलभित्र फसेको भनेर बुझ्न नहुने उल्लेख गरे । परियोजनामा काम गर्नेहरु ९ सय भन्दा बढी सम्पर्कविहीन भएको भएपनि ती सबै टनेलभित्र भने नरहेको उनको भनाई छ । उनले टनेलको पूर्ण ब्रेकथ्रु नभएसम्म टनेलभित्र फसेका व्यक्तिको खोजी कार्य जारी रहने बताए । 

उनले सेनाले अहिले सूचनामा आधारित उद्धारलाई प्राथमिकतामा राखेको जानकारी दिए । कुनै स्थानमा व्यक्ति फसेको वा सम्भावित अवस्थाबारे सूचना प्राप्त हुनेबित्तिकै टोली परिचालन गरी खोजी गर्ने रणनीति अपनाइएको उनको भनाई छ । खोजी तथा उद्धारसँगै सेनाले पुनर्निर्माण र पुनःस्थापनाका कामसमेत अघि बढाएको जनाएको छ । त्यसअन्तर्गत तुइन तथा झोलुङ्गे पुल निर्माण, रेकी तथा अवरुद्ध सडक खोल्ने काम शुरु गरिएको सेनाको भनाइ छ ।