इजिप्टमा टेलिभिजन प्रस्तोतासहित १२ जनालाई मृत्युदण्ड

विज्ञापन
ncell

३९ वर्षीया खलिफा अपराधसम्बन्धी विषयमा आधारित टेलिभिजन कार्यक्रम ‘मिसन इम्पोसिबल’मार्फत चर्चित भएकी हुन्। उनले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएकी छन्। उनका वकिलले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

एजेन्सी । इजिप्टको एक अदालतले टेलिभिजन प्रस्तोता साराह खलिफासहित १२ जनालाई लागुऔषधसम्बन्धी कसुरमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ ।

सरकारी स्वामित्वको समाचारपत्र ८अल-अहराम८का अनुसार उनीहरू लागुऔषध उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयात गरी बिक्री गर्ने उद्देश्यले आपराधिक गिरोह सञ्चालनमा संलग्न रहेको अदालतले ठहर गरेको हो । गिरोहसँग अवैध हतियार तथा गोलीगठ्ठासमेत रहेको अदालतले जनाएको छ ।

३९ वर्षीया खलिफा अपराधसम्बन्धी विषयमा आधारित टेलिभिजन कार्यक्रम ‘मिसन इम्पोसिबल’मार्फत चर्चित भएकी हुन्। उनले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएकी छन्। उनका वकिलले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

यस मुद्दामा अन्य नौ जना प्रतिवादीलाई आजीवन कारावासको सजाय सुनाइएको छ भने सात जनालाई सफाइ दिइएको छ। मृत्युदण्डसम्बन्धी मुद्दामा इजिप्टका ग्रान्ड मुफ्तीबाट धार्मिक राय लिनुपर्ने कानुनी व्यवस्था छ । सोही कारण अदालतले गत महिना फैसला घोषणा गरे पनि धार्मिक राय प्राप्त भएपछि मात्रै मृत्युदण्डको फैसला औपचारिक रूपमा पुष्टि गरेको हो ।

सुनुवाइका क्रममा अधिकारीहरूले अदालतसमक्ष ७५० किलोग्रामभन्दा बढी लागुऔषध तथा लागुऔषध उत्पादनमा प्रयोग हुने आयातित कच्चा पदार्थ बरामद गरिएको जानकारी दिएका थिए। मुद्दामा २० जना साक्षीले अभियोजन पक्षसमक्ष बयान दिएका थिए भने कुराकानी तथा भिडियो क्लिपसहितका विद्युतीय प्रमाणसमेत अदालतमा पेस गरिएको ८अल-अहराम८ले जनाएको छ ।

सरकारी समाचारपत्र ८अखबार अल-यौम८का अनुसार गत सेप्टेम्बरमा भएको सुनुवाइका क्रममा न्यायाधीशले खलिफालाई उनको कथित भूमिकाबारे प्रश्न गरेका थिए। त्यस क्रममा खलिफाले लागुऔषध नियन्त्रण निकायको कार्यालयमा आफूलाई त्यससँगै फोटो खिचाइएपछि मात्रै आफूले लागुऔषध देखेको दाबी गरेकी थिइन् ।

एम्नेस्टी इन्टरनेसनलको सन् २०२५ को प्रतिवेदनअनुसार उक्त वर्ष इजिप्टमा ४९२ वटा मृत्युदण्डका फैसला सुनाइएका थिए भने २३ वटा मृत्युदण्ड कार्यान्वयन भएका थिए ।

एम्नेस्टीले लागुऔषध ओसारपसार तथा बलात्कारजस्ता अपराधमा मृत्युदण्डको प्रयोगप्रति समेत आपत्ति जनाएको छ। संस्थाका अनुसार यस्ता अपराध ‘जानाजानी हत्या’को श्रेणीमा नपर्ने भएकाले अन्तर्राष्ट्रिय कानुन तथा मापदण्डअनुसार मृत्युदण्डको प्रयोग जानाजानी हत्याजस्ता अत्यन्त गम्भीर अपराधमा मात्र सीमित हुनुपर्ने देखिन्छ ।