तीन वर्षमा छ लाख अफगानी शरणर्थी स्वदेश फिर्ता

विज्ञापन
ncell

युएनएचसीआरले घर फर्कने अफगानको हालसम्मको इतिहासमा असाधारण सङ्ख्या भएको बताएको छ ।

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त ९युएनएचसीआर०ले तीन वर्षभन्दा कम समयमा ६० लाखभन्दा बढी अफगानी स्वदेश फर्केको जनाएको छ । युएनएचसीआरले घर फर्कने अफगानको हालसम्मको इतिहासमा असाधारण सङ्ख्या भएको बताएको छ । स्वदेश फिर्ती सामान्य प्रक्रिया भएको उल्लेख गर्दै यो प्रक्रिया स्वैच्छिक, सुरक्षित र सम्मानजनक हनुपर्ने कुरामा जोड दिएको छ । 

फर्कनेमध्ये अधिकांश छिमेकी इरान र पाकिस्तानबाट आएको जनाइएको छ । अफगान अधिकारीले आश्रय, खाना वितरण, गैर-खाद्य राहत वस्तु र फर्केका मानिसलाई बसोबास गर्न ठाउँ दिने प्रतिक्रिया दिएका छन् ।

फर्केका मानिसले कामको तीव्र अभाव, उच्च गरिबी र दैनिक आर्थिक कठिनाइको रिपोर्ट गर्छन् । उनीहरूले आफ्नो पुनः एकीकरणलाई सहज बनाउन र जीवनस्तर सुधार गर्न थप अन्तरराष्ट्रिय सहयोगका लागि अपिल गरिरहेका छन् ।