बाढी पीडितका लागि वैदेशिक रोजगार व्यवसायी संघद्वारा १ करोड ५० लाख सहयोग
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संकलित रकम अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
संकलन गरिएको १ करोड ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संकलित रकम अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । संघले विपद्को यस दुःखद घडीमा मानवीय सेवाभावका साथ सहयोगमा हातेमालो गर्ने सम्पूर्ण वैदेशिक रोजगार व्यवसायी तथा सहयोगी मनहरूप्रति आभार व्यक्त गरेको छ । संघले बाढीपीडित नागरिकप्रति आफ्नो साथ, सहयोग र ऐक्यबद्धता आगामी दिनमा पनि निरन्तर कायम रहने प्रतिबद्धता जनाएको छ ।
