बाढी प्रभावितका लागि इप्पानले १० करोड सहयोग गर्ने

विज्ञापन
ncell

यसअघि इप्पानले संस्थागत रूपमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । तर, विपद्को यस कठिन घडीमा निजी क्षेत्रका जलविद्युत प्रवर्द्धकहरूले स्वतःस्फूर्त र उदारतापूर्वक सहयोग गरेपछि संकलित रकममा उल्लेख्य वृद्धि भएको हो ।

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ । यसअघि इप्पानले संस्थागत रूपमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । तर, विपद्को यस कठिन घडीमा निजी क्षेत्रका जलविद्युत प्रवर्द्धकहरूले स्वतःस्फूर्त र उदारतापूर्वक सहयोग गरेपछि संकलित रकममा उल्लेख्य वृद्धि भएको हो ।

इप्पानका अध्यक्ष मोहन कुमार डाँगीका अनुसार हालसम्म ८ करोड १९ लाख रुपैयाँ सहायता रकम संकलन भइसकेको छ । ‘हामीले सुरुमा ५ करोड ५ लाख ५० हजार दिने निर्णय गरेका थियौँ, तर ऊर्जा उद्यमीहरूको उत्साहजनक सहभागिताले हालसम्म ८ करोड १९ लाख जुटिसकेको छ,’ अध्यक्ष डाँगीले भने, ‘सोमबारसम्म यो रकम १० करोड रुपैयाँ नाघ्ने गरी इप्पानले पहल गरिरहेको छ ।’

संकलित सहायता रकम सोमबार एक विशेष कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रीमार्फत प्रधानमन्त्री दैवी प्रकोप कोषलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ । सो अवसरमा संकलित रकमको चेक तथा बैंक भौचरहरू मन्त्रीलाई बुझाइने इप्पानले जनाएको छ ।