रसुवाको भोटेकोशीमा पानीको बहाव बढे पनि ठूलो बाढीको जोखिम छैन: बाढी पूर्वानुमान महाशाखा
यसअघि बिहान ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको भन्दै रसुवा प्रशासनले मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको थियो ।
काठमाडौं । रसुवाको भोटेकोशीमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरे पनि, बाढी पूर्वानुमान महाशाखाले हाल तटीय क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ । यसअघि बिहान ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको भन्दै रसुवा प्रशासनले मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको थियो ।
हाललाई रसुवा, नुवाकोट, र धादिङसम्म नदी आसपासको क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको महाशाखाले जानकारी गराएको छ।
