शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत

विज्ञापन
ncell

बाढी प्रभावित क्षेत्रहरूमा जनावरका शवहरू, सडेगलेका फोहोर तथा दूषित पानीका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै मन्त्रालयले शतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । कतै शव वा फोहोर फेला परेमा तत्काल स्थानीय प्रशासन वा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।

काठमाडौं । भदौ १० गतेको बाढी तथा विपद्पछिको अवस्थालाई सम्बोधन गर्न सरकारले घाइतेहरूको उपचार, शव व्यवस्थापन तथा सम्भावित संक्रामक रोगको रोकथामलाई तीव्रता दिएको छ । विपद्मा ज्यान गुमाएकाहरूको पहिचान तथा व्यवस्थापन जटिल बन्दै गएपछि सरकारले नयाँ कार्यविधि (निर्देशिका) परिमार्जन गरी स्वीकृत गरेको हो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाअनुसार विपद् प्रभावित क्षेत्रमा उपचार व्यवस्थापन सहज भएपनि बाढीले बगाएका शवहरूको खोजी, पहिचान, भण्डारण र परिवारलाई बुझाउने कार्य चुनौतीपूर्ण बनेको मन्त्रालयका सहायक प्रवक्ता डा.समिरकुमार अधिकारीले बताए । 

बाढी प्रभावित क्षेत्रहरूमा जनावरका शवहरू, सडेगलेका फोहोर तथा दूषित पानीका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै मन्त्रालयले शतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । कतै शव वा फोहोर फेला परेमा तत्काल स्थानीय प्रशासन वा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ । 

यसैबीच, विपद्पछिको अवस्थामा पानीजन्य तथा किटजन्य रोगहरूको प्रकोप फैलन सक्ने जोखिम बढेको छ । अस्थायी शिविरहरूमा विस्थापितहरू एकै ठाउँमा बस्दा रुघाखोकी, इन्फ्लुएन्जा तथा अन्य संक्रामक रोगहरू तीव्र गतिमा फैलिन सक्ने भएकाले मन्त्रालयले पूर्वतयारी थालेको सहप्रवक्ता अधिकारीले बताए । हाल प्रभावित जिल्लाहरूमा स्थानीय प्रशासन, सुरक्षा निकाय र स्वास्थ्य टोलीहरूबीच समन्वय गरी उद्धार, राहत तथा स्वास्थ्य उपचार सेवालाई निरन्तरता दिइएको छ ।