बाढी पीडितको उद्धार र राहतका लागि एडिबीले ५० लाख डलर अनुदान दिने

विज्ञापन
ncell

एडिबीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार अनुदान रकम बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार सामग्री, औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय, सरसफाइ सामग्री तथा आपत्कालीन पूर्वाधार व्यवस्थापनमा खर्च गरिनेछ ।

काठमाडौं । एसियाली विकास बैंक ९एडीबी० ले रसुवाको भोटेकोशीको विनाशकारी बाढी पीडितको उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलरको आपतकालीन अनुदान स्वीकृत गरेको छ । एडिबीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार अनुदान रकम बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार सामग्री, औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय, सरसफाइ सामग्री तथा आपत्कालीन पूर्वाधार व्यवस्थापनमा खर्च गरिनेछ ।

एडिबी अध्यक्ष मासातो कान्दाले विपद्का बेला प्रभावित नागरिकले सहयोगका लागि लामो समय पर्खन नसक्ने भएकाले तत्काल आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउन अनुदान महत्वपूर्ण हुने बताएका छन् । उनका अनुसार बाढी प्रभावित परिवारलाई तत्काल खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय र औषधि उपलब्ध गराउन अनुदान परिचालन गरिनेछ ।

एडिबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्य विकास साझेदारसँग समन्वय गरी उद्धार, राहत तथा पुनःस्थापनाका काममा सहयोग गरिरहेको जनाएको छ ।