रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश

विज्ञापन
ncell

चीनको सांघाईस्थित अक्टागनमा भएको सेमिफाइनल खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई पराजित गर्दै ढाँट फाइनलमा पुगेका हुन् ।

काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु युएफसी’को फाइनलमा प्रवेश गरेका छन् । चीनको सांघाईस्थित अक्टागनमा भएको सेमिफाइनल खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई पराजित गर्दै ढाँट फाइनलमा पुगेका हुन् ।

तीन राउन्डसम्म चलेको प्रतिस्पर्धामा ढाँट स्प्लिट डिसिजनका आधारमा विजयी भए। तीनमध्ये दुई जना जजले ढाँटको पक्षमा २९–२८ अंक दिए भने एक जना जजले मर्डोकको पक्षमा समान २९–२८ अंक दिएका थिए ।

अब ढाँटले उपाधिका लागि र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन् । ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्। फाइनलमा जित हासिल गरे ढाँट युएफसीका लागि छनोट हुनेछन् ।