भोटेकोशी र त्रिशुली नदीमा बाढीको जोखिमः उच्च शतर्कता अपनाउन प्राधिकरणको आग्रह

विज्ञापन
ncell

नदीमा लेदोसहितको बहाव बढ्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै प्राधिकरणले सुरक्षाका उपायहरू अपनाउन जोड दिएको छ ।

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी र त्रिशुली नदी किनारका बस्ती तथा सो क्षेत्रमा खटिएका उद्धारकर्मीहरूलाई उच्च शतर्कता अपनाउन विशेष अनुरोध गरेको छ । 

भदौ १० गते ठूलो बाढी आएको भोटेकोशी नदी क्षेत्रमा शुक्रवार पुनः लेदोसहित पानीको बहाव बढेको र थप बाढी आउन सक्ने जोखिम देखिएकाले प्राधिकरणले सतर्क रहन सूचना जारी गरेको हो ।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव शान्ति महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भोटेकोशी एवं त्रिशुली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिनुभएका र विविध कारणले जोखिम क्षेत्रमा रहनुभएका सबैलाई उच्च शतर्कता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानतर्फ जान विशेष अनुरोध गरिन्छ ।’

नदीमा लेदोसहितको बहाव बढ्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै प्राधिकरणले सुरक्षाका उपायहरू अपनाउन जोड दिएको छ । प्रतिकूल अवस्थामा सहयोगका लागि प्राधिकरणले टोल फ्री नम्बर ११४९ समेत उपलब्ध गराएको छ ।