चीनतर्फ बनेको पानीको ड्याम फुट्यो, रसुवासहितका जिल्लामा फेरि बाढीको जोखिम
नेपाल प्रहरीले तिब्बततर्फ पानीको ड्याम पुनस् फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिएका सबै सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्सवाधारणहरूलाई तत्काल रसतर्क रहन र सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।
काठमाडौं । छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । नेपाल प्रहरीले तिब्बततर्फ पानीको ड्याम पुनस् फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिएका सबै सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्सवाधारणहरूलाई तत्काल रसतर्क रहन र सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।
चीनको जलस्रोत मन्त्रालयले छोचेन खोला र पुरेपू त्साङ्पो नदीको दोभाननजिकै ठूलो जलाशययुक्त ताल (ब्यारियर लेक) बनेको हिजो जनाएको थियो । बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी बाहिरिन थालेको मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ ।
तिब्बतको हिमालय क्षेत्रबाट उत्पत्ति भएका छोचेन र पुरेपू खोला सीमापारि आपसमा मिसिन्छन् । तर त्यही खोला बग्दै आएपछि नेपालतिर भोटेकोशी नामले चिनिन्छ । भोटेकोशी नै त्रिशूली नदीको मुख्य माथिल्लो शाखा हो ।
