कालिका कन्स्ट्रक्सनद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख सहयोग
कालिका कन्स्ट्रक्सनका अध्यक्ष एवं प्रबन्ध निर्देशक विक्रम पाण्डेले बाढीपहिरो प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा उपलब्ध गराएका हुन् ।
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कालिका कन्स्ट्रक्सन प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
कालिका कन्स्ट्रक्सनका अध्यक्ष एवं प्रबन्ध निर्देशक विक्रम पाण्डेले बाढीपहिरो प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा उपलब्ध गराएका हुन् ।
चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।
बाढीपहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पाण्डेले विपत्तिमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना समेत गरेका छन् ।
कालिका कन्स्ट्रक्सनले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा राज्यलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा रकम प्रदान गरिएको जनाएको छ ।