गोरखाबाट गोसाइकुण्ड गएको बस सम्पर्कविहीन, ३४ तीर्थयात्री बेपत्ता

विज्ञापन
ncell

बसमा ३८ जना यात्रु सवार मध्ये ३४ जना अझै सम्पर्कविहीन छन् । बसबाट चार जना यात्रुले हाम फालेर ज्यान जोगाएका छन् र उनीहरू प्रहरीको सम्पर्कमा आएको प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

काठमाडौं । गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ । बुधबार बिहान पालुङटार नगरपालिका-४ र ५ का तीर्थयात्री बोकेर गोसाइकुण्डतर्फ गएको ग २ ख ११५२ नम्बरको बस सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बसमा ३८ जना यात्रु सवार मध्ये ३४ जना अझै सम्पर्कविहीन छन् । बसबाट चार जना यात्रुले हाम फालेर ज्यान जोगाएका छन् र उनीहरू प्रहरीको सम्पर्कमा आएको प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बसमा सवार अन्य यात्रुहरूको अवस्था भने अज्ञात रहेको प्रहरीले जनाएको छ । बससँगै गएको दुई वटा माइक्रोबस भने सम्पर्कमा रहेको छ उक्त माइक्रोमा २६ जना यात्रु सवार थिए । प्रहरीले सम्पर्कविहीन यात्रुहरूको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको जनाएको छ ।