रसुवा बाढी: ७ जनाको शव फेला, ठूलो मानवीय क्षतिको आशंका
अहिले घाइतेहरूको उद्धार र फेला परेकाहरूको शव संकलनको काम भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै उक्त बाढीमा थुप्रै मानिसहरू बेपत्ता भएको आशंका गरिएको छ ।
काठमाडौं । आज विहान रसुवाको भोटेकोशीमा आएको बाढीमा ७ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरीका अनुसार नुवाकोट र धादिङमा ७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार नुवाकोटको नदी किनारमा ३ र धादिङमा ४ जनाको शव फेला परेको हो ।
अहिले घाइतेहरूको उद्धार र फेला परेकाहरूको शव संकलनको काम भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै उक्त बाढीमा थुप्रै मानिसहरू बेपत्ता भएको आशंका गरिएको छ ।