भोटेकोशी बाढी: मेडिकल टिम बोकेर त्रिशूलीतर्फ उड्यो सेनाको हेलिकप्टर

विज्ञापन
ncell

सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) बोकेर जिल्ला अस्पताल त्रिशूलीतर्फ हेलिकप्टर उडेको हो ।

काठमाडौँ । नेपाली सेनाको एआई-९१७ हेलिकप्टर मेडिकल टिम बोकेर काठमाडौंबाट बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ । सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) बोकेर जिल्ला अस्पताल त्रिशूलीतर्फ हेलिकप्टर उडेको हो ।

यसका साथै धुन्चे र त्रिशूलीबाट उद्धारको टोली पनि परिचालित भएको छ । गजुरीस्थित नं.६ बाहिनी अड्डाबाट विपद् व्यवस्थापनको दक्ष जनशक्ति समेत खटाइएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको सेनाले जानकारी दिइएको छ ।