बानेश्वरमा महिला प्रहरीमाथि हातपात गर्ने पुरुष पक्राउ
पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१०, बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत छन् ।
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा डिउटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१०, बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत छन् । मंगलबार बिहान बानेश्वर क्षेत्रमा डिउटीमा खटिएकी महिला प्रहरी जवानले कठायतलाई जथाभावी रूपमा सडक पार नगर्न आग्रह गरेकी थिइन् । त्यसपछि उनी प्रहरीमाथि नै जाइलागेका थिए ।
