सवारीका नयाँ मोडलदेखि ‘मेड इन नेपाल’सम्म, आजदेखि नाडा अटो शो सुरु हुँदै
मेलामा २३ वटा चारपाङ्ग्रे (यात्रुवाहक) ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ ।
काठमाडौं । १८औं नाडा अटो शो २०२६’ आजदेखि सुरू हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरू हुने नाडा अटो शो १४ गतेसम्म चल्ने छ ।
यो शोमा २ सयभन्दा बढी स्टलहरू रहेका छन् । मेलामा २३ वटा चारपाङ्ग्रे (यात्रुवाहक) ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५० वर्षे ऐतिहासिक यात्राको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ आयोजना गरेको हो ।
अटो शोमा रिडारा, आयोन, जेएमईभी, टाटा ईभी, सुजुकी, दीपल, अभतार, फोटोन, स्कोडा, नामी, चांगन, प्रोटोन, बीवाईडी, जिली, बीएडब्ल्यू नेपाल,ओमोडा, जेको, जेटोर, एमजी पारामाउन्ट मोटर्स, जीडब्ल्यूएम, लीपमोटर, एमहिरो र स्काइवेल लगायत ब्रन्डहरु सहभागी हुँदैछन् ।
नाडा अटो शोमा १२३ सवारी ब्रान्डका स्टल थन् भने ‘मेड इन नेपाल’ यात्रीदेखि अटोको समग्र इकोसिस्टम पनि देखिन्छ ।
अटो शोमा नबिल, एनआईसी एशिया, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, प्रभु, कुमारी, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंक तथा महालक्ष्मी विकास बैंक, गुराँस फाइनान्स तथा शिखर इन्स्योरेन्स जस्ता वित्तीय तथा बीमा संस्थाको सहभागिता रहनेछ ।
