जेन-जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने
जेन-जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन-जी नेपाल संयुक्त संघर्ष समितिले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।
काठमाडौं । जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेन-जी आन्दोलनका शहीदको स्मृतिमा भदौ २३ गते ‘स्मृति दिवस’ बनाएका छन् । जेन-जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन-जी नेपाल संयुक्त संघर्ष समितिले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै जेन-जी शहीद श्रीयम चौलागाईंका पिता तथा जेन-जी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले उक्त स्मृति दिवस बानेश्वरस्थित पुरानो संसद भवन परिसरमा आयोजना गरिने जानकारी दिए । उनले स्मृति दिवस कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र खर्च सरकारले सरकारले व्यहोेर्नुपर्ने बताए । उनले शहीदका परिवार तथा घाइतेहरु आर्थिक रुपमा कमजोर रहेको उल्लेख गर्दै कार्यक्रम व्यव्स्थापनको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरे ।
उनले संयुक्त समितिले आगामी असोज १५ गतेदेखि सोही संसद भवनभित्र सात दिने महायज्ञ सञ्चालन गर्ने योजना रहेको समेत बताए । उनले महायज्ञको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पनि सरकारले लिनुपर्ने माग गरे । जेन-जी शहीदको स्मृति दिवस मनाउने सम्बन्धमा गृहमन्त्री सुधन गुरुङसँग छलफल भइरहेको समेत उनले जानकारी दिए । सरकारले यसअघि नै प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेन-जी शहीद दिवसको रुपमा मनाउने निर्णय गरिसकेको छ ।