विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, संकलित आवाजलाई कानूनी रूप दिइने

विज्ञापन
ncell

मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यवहारिक बनाउन देशका विभिन्न प्रदेश तथा स्थानीय तहमा पुगेर विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूसँग गहन छलफल गरिएको जानकारी दिए ।

काठमाडौं । शिक्षा तथा खेलकुखमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरोकारवालाहरूबाट प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूप दिइने प्रतिवद्धता व्यक्त गरेका छन् । आईतबार शिक्षा मन्त्रालयद्वारा आयोजित ‘विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माणसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यवहारिक बनाउन देशका विभिन्न प्रदेश तथा स्थानीय तहमा पुगेर विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूसँग गहन छलफल गरिएको जानकारी दिए । छलफलका क्रममा उठेका विषयहरू केवल बोल्नका लागि मात्र नभई तिनको दीर्घकालीन समाधान खोज्न मन्त्रालय प्रतिवद्ध रहेको उनले स्पष्ट पारे । मन्त्री पोखरेलकाअनुसार संकलित सुझावहरूलाई आवश्यकताका आधारमा ऐन, नियमावली तथा नीतिगत तहमा समावेश गरी विधिगत रूपमा कार्यान्वयन गरिनेछ ।

मन्त्रालयले यस प्रक्रियामा पूर्ण पारदर्शिता अपनाउने बताए । विधेयक निर्माणको कार्य अझै जारी रहेको र यो अन्तिम चरण नभएको उल्लेख गर्दै मन्त्री पोखरेलले विधेयक संघीय संसद्मा छलफल भई राजपत्रमा प्रकाशित नहुन्जेलसम्म सुझाव संकलनको क्रम नरोकिने बताए । सुझाव संकलनका लागि उपयुक्त मञ्च ९फोरम० को समेत व्यवस्था गरिने र प्राप्त सुझावहरूलाई विधिगत प्रक्रियाबाट समाधान गर्न मन्त्रालय प्रयत्नशील रहने उनले विश्वास व्यक्त गरे ।