सानिया खातुन मृत्यु प्रकरण: शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

विज्ञापन
ncell

शम्भुनाथ नगरपालिका-३ की स्थानीय इरफानकी तीन वर्षीया छोरी सानिया खातुन आइतबार बिहान घरबाट अचानक बेपत्ता भएकी थिइन् । परिवारका सदस्यले बालिका हराएको जानकारी गराएपछि स्थानीय र प्रहरीले खोजी थालेका थिए ।

काठमाडौं । सप्तरीमा तीन वर्षीया बालिका मृत फेला परेको घटनामा प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले बताएको छ । 

शम्भुनाथ नगरपालिका-३ की स्थानीय इरफानकी तीन वर्षीया छोरी सानिया खातुन आइतबार बिहान घरबाट अचानक बेपत्ता भएकी थिइन् । परिवारका सदस्यले बालिका हराएको जानकारी गराएपछि स्थानीय र प्रहरीले खोजी थालेका थिए ।

खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि रहेको झाडीमा सानियाको शव फेला परेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।