सप्तरीमा ३ वर्षीया बालिका मृत फेला
परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म सानिया घरमै देखिएकी थिइन्। त्यसपछि बालिका हराएपछि परिवारले खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा उनको शव फेला पारेको हो ।
काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिका-३ मा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरपछाडि रहेको झाडीमा मृत अवस्थामा फेला परेकी हुन् ।
परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म सानिया घरमै देखिएकी थिइन्। त्यसपछि बालिका हराएपछि परिवारले खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा उनको शव फेला पारेको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिन अघि बढाइएको छ । प्रहरीले बालिकाको मृत्युको कारण खुल्न बाँकी रहेको जनाएको छ ।
