बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

विज्ञापन
ncell

काठमाडौं । देशका विभिन्न ठाउँमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समयमा सांसदहरुले मनसुनजन्य वर्षाको कारण सम्भावित बाढी पहिरोको न्युनिकरण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले गत २७ साउनमा रोल्पामा गएको पहिरो गई १३ जनाको मृत्यु भएको उल्लेख गरे ।

सांसद पुनले साउन २८ गते सुनसरी गाउँपालिकाको ग्राम क्षेत्रमा थप थप ४ जनाको मृत्यु भएको बताए । ३० साउनमा पहिरोमा परी एक जनाको मुत्य भएको उनले उल्लेख गरे । सांसद पुनले पुनले सो विषयमा प्रधानमन्त्री बालेन्द्र साहलाई भेटेरै ध्यानाकर्षण गराएको समेत बताए । उनले मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेको उपचारमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।

त्यसैसरी नेकपा सांसद बलावती शर्माले मनसुन सक्रिय भएसँगै बागलुङको निसीखोला गाउँपालिका-२ धाराटोलमा पहिरो खस्दा आठ घरमा क्षति पुगेको तथा घर पहिरोको उच्च जोखिममा परेको बताइन् । उनले पहिरोका कारण धनबहादुर खत्री, राजन परियार, हरिकला घर्ती, दीपक परियार, तारा घर्ती, ज्ञानबहादुर परियार, देविराम घर्ती र टिका घर्तीको घरमा क्षति पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले पहिरो र बाढीको जोखिम नियन्त्रणका लागि तयारीमा जुट्न सरकारको ध्यानाकर्षण गराइन् । उनले प्रभावितको बासस्थानको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् । त्यसैगरी सांसदहरुले बजारमा खाना पकाउने ग्यासको अभाव भइरहेको भन्दै उक्त समस्याको हल गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।