प्रधानमन्त्रीलाई सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

विज्ञापन
ncell

विपक्षी दलहरूले प्रधानमन्त्री शाहले दिएको सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै सदनमा निरन्तर विरोध जनाउँदै आएका छन् ।

काठमाडौं । सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभामा उठेका महत्वपूर्ण विषयमा जवाफ दिन रुलिङ गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको सुरुआतमै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन् ।

सभामुखले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ५६ देखि ६० सम्मका व्यवस्थाअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई निर्देश गरेका छन् ।

विपक्षी दलहरूले प्रधानमन्त्री शाहले दिएको सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै सदनमा निरन्तर विरोध जनाउँदै आएका छन् ।