देउवाको स्वागतका लागि काँग्रेस नेताहरू विमानस्थलमा (तस्बिरहरु)
काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने भएसँगै उनलाई स्वागत गर्न पार्टीका शिर्ष नेताहरू त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । सभापति देउवाको स्वागतका लागि नेपाली काँग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधी लगायतका नेताहरू विमानस्थल पुगेका हुन् । गत वर्षको भदौ महिनामा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा आफू र धर्मपत्नी डा.आरजु राणा देउवामाथि आक्रमण भएपछि उनी उपचारका सिलसिलामा विदेश गएका थिए । सोही उपचार प्रक्रिया पश्चात उनी आज स्वदेश फर्किएका हुन् ।
