व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्न आदेश
बुधबार पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाललाई थुनामै राख्ने आदेश भएको हो । पौडेललाई भने यसअघि नै साधारण तारिखमा छाडिसकिएको छ ।
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले दुवैजनाको बयान र थुनछेक बहसपछि उनीहरुलाई थुनामा पठाउने आदेश दिएको हो । सम्पत्ति शुद्धीकरणको पहिलो मुद्दामा पनि उनीहरु थुनामै छन् । बुधबार पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाललाई थुनामै राख्ने आदेश भएको हो । पौडेललाई भने यसअघि नै साधारण तारिखमा छाडिसकिएको छ ।
