एमजीको प्रिमियम इलेक्ट्रिक पिकअप ‘यू९’ सार्वजनिक
काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोमा एमजीको प्रिमियम इलेक्ट्रिक पिकअप ‘यू९’ सार्वजनिक भएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी ‘यू९’ नाइमा मोबिलिटी एक्स्पोमा उक्त गाडी सार्वजनिक गरेको हो । पारामाउन्ट मोटर्सले नेपाली बजारमा ल्याएको ‘यू९’ यो एक आधुनिक र आकर्षक लाइफ स्टाइल पिकअप ट्रक हो ।
‘यू९ भित्रिएसँगै नेपाली बजारमा इलेक्ट्रिक पिकअप सेग्मेन्टमा प्रतिस्पर्धा बढ्ने देखिएको छ । नेपाली बजारमा इलेक्ट्रिक गाडीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै, एमजी यु ९ ईभीले प्रिमियम पिकअप सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने विश्वास प्यारामाउन्ट मोटर्सले लिएको छ । कम्पनीले एमजी ‘यू९’ आगामी २६ देखि आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोको हल बीको स्टल नम्बर एल २ मा प्रदर्शनी गर्ने जनाएको छ । प्यारामाउन्ट मोटर्सले आफ्नो प्रिमियम ईभी पोर्टफोलियोलाई थप मजबुत बनाउँदै पूर्ण इलेक्ट्रिक पिकअप एमजी यु ९ ईभी सार्वजनिक गर्ने तयारी गरेको हो ।
एमजी ‘यू९’ मा १०२.२ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ। जसले एक पटकको फुल चार्जमा ४३० किमी (डब्लुएलटीपी)सम्मको रेन्ज प्रदान गर्छ । यसमा ३२५ किलोवाटको डुअल-मोटर जडान गरिएको छ। यसलाई डिसि फास्ट चार्जिङबाट १० मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसको टप स्पिड १८० किलोमिटर प्रतिघण्टा रहेको छ ।
एमजी यू-९को लम्बाइ ५५०० एमएम, चौडाइ १९९७ एमएम, उचाइ १८६० एमएम छ। यसमा ३३०० एमएम लामो ह्वीलवेस र २२० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ। २० इन्चको ह्वील रहेको यो डलब क्याब पिकअपको पेलोड ११०० केजीको रहेको छ ।
प्रमियम इन्टेरियर र अत्याधुनिक फिचरका कारण यो गाडीको भित्री बनावट अत्यन्तै विलासी छ ।
यसमा १२.३ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, ८ वटा स्पिकरयुक्त जेबीएल अडियो सिस्टम, र ६४ कलरको एम्बियन्ट लाइटिङ रहेको छ । फ्ल्यागशिप भेरियन्टमा चालकको सिटका लागि ८-वे इलेक्ट्रोनिक एडजस्टमेन्ट, भेन्टिलेसन, मसाज र मेमोरि फङ्सन जस्ता प्रिमियम सुविधाहरू उपलब्ध छन् । सुरक्षाका लागि यसमा ३६० डिग्री एचडी क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, र लेन किप असिस्ट जस्ता एडभान्स्ड ड्राइभर असिस्ट सिस्टम फिचरहरू समावेश छन् ।
यो पिकअप केवल विलासी मात्र नभई उत्तिकै उपयोगी पनि छ। यसको ३५०० केजी सम्मको लोडिङ क्षमता र भी २ एल (भेइकल-टु-लोड) प्रविधिले गर्दा प्रयोगकर्ताले गाडीको ब्याट्रीबाट अन्य विद्युतीय उपकरणहरू पनि चलाउन सक्नेछन् । यसको मूल्य अनुमानित १ करोड १० लाख तोकिएको छ । तर, यो निश्चित हुन भने केहि समय लाग्नेछ ।
