आइकार भी२७ सार्वजनिक, मूल्य ५३ लाख ९९ हजार

विज्ञापन
ncell

काठमाडौं । नेपालका लागि आइकारको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले हाइब्रिड सेग्मेन्टमा नयाँ अफरोड एसयूभी भी २७ नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरेको छ।  

कम्पनीले यो गाडी ५३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेको छ। नाइमाअफर अन्तर्गत कम्पनीले यो गाडीको मूल्य ५० लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। 

यसमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन दिएको छ। आइकार भी २७ मा ३४.३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री पाउन सकिन्छ। जसको प्योर ईभी रेन्ज १४५ किलोमिटर आसपास छ। फुल ट्यांकी इन्धनसहित भने १२०० किलोमिटर हाराहारी रेन्ज आउने कम्पनीले जनाएको छ।

यसको अल ह्विल ड्राइभ मोडलको अधिकतम पावर ३३५ किलोवाट छ, भने ५०५ न्यूटन मिटर टर्क प्रदान गर्न सक्छ। जसको शून्यदेखि १०० किलोमिटरको टप स्पिड भेट्टाउने समय ५।५ सेकेन्ड मात्रै छ। भी९२७ एसयूभीको लम्बाई ५०५५ एमएम, चौडाई १९७६ एमएम र उचाई १८९४ एमएम छ। यसमा २९१० एमएम लामो ह्विलबेस पाउन सकिन्छ।