अभिषेक गिरी ४४ दिनपछि हाजिरी जमानीमा छुटे

विज्ञापन
ncell

काठमाडौं । विवादास्पद छविका अभिषेक गिरी ४४ दिनपछि हाजिरी जमानीमा छुटेका छन् । कैदीबन्दीको सरकारी भत्ता दुरुपयोग र ठगीका आरोपमा पक्राउ परेका गिरी सोमबार दुई पक्षबीच मिलापत्र भएपछि छुटेका हुन् ।

रंगेली-१ का दिलिपकुमार चौधरीले पेट्रोल पम्प हडपेको आरोपमा गिरीविरुद्ध दिएको जाहेरीमा सरकारी वकिलको कार्यालयमा मिलापत्र भएपछि उनलाई हाजिरी जमानीमा छाडिएको मोरङ प्रहरीले जनाएको छ ।

यसअघि निर्माण व्यवसायी सुभाष श्रेष्ठको जाहेरीमा सीआईबीले अनुसन्धान गरी २१ करोड ३२ लाख रुपैयाँभन्दा बढी ठगीको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि श्रेष्ठसँग पनि मिलापत्र भएको थियो । कैदीबन्दीको लत्ताकपडाबापतको सरकारी भत्ता जबरजस्ती लिएको आरोपमा गिरीलाई गत १३ असारमा विराटनगरबाट पक्राउ गरिएको थियो।