नाइमा अटो शोमा टोयोटाको आकर्षक अफर, गाडी किन्दा ३ देखि २१ लाखसम्म छुट
यो विशेष छुट अटो शोको अवधिमा गरिने बुकिङमा मात्र लागू हुनेछ।
काठमाडौं । टोयोटा नेपालले नाइमा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष छुट तथा आकर्षक योजनाहरू सार्वजनिक गरेको छ । काठमाडौंमा अगस्ट ११ देखि १६ सम्म आयोजना हुने नाइमा अटो शोमा टोयोटाका गाडी बुकिङ गर्ने ग्राहकले मोडलअनुसार ३ लाख रुपैयाँदेखि २१ लाख रुपैयाँसम्मको छुट पाउने कम्पनीले जनाएको छ । यो विशेष छुट अटो शोको अवधिमा गरिने बुकिङमा मात्र लागू हुनेछ । यस वर्षको नाइमा अटो शो टोयोटाका लागि थप महत्वपूर्ण हुने भएको छ ।
कम्पनीले प्रदर्शनीकै क्रममा नेपाली बजारमा दुई नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ मोडलको प्रवेशसँगै नेपालमा टोयोटाको उत्पादन पोर्टफोलियो विस्तार हुने कम्पनीको भनाइ छ । ग्राहकलाई थप आकर्षित गर्न टोयोटाले बुकिङसँगै विशेष यात्राको अवसरसमेत घोषणा गरेको छ । अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट भाग्यशाली एक जनालाई एक जोडीका रूपमा ‘एलाइट एक्सप्लोरर्स कन्याकुमारी ड्राइभ’ मा सहभागी हुने अवसर प्रदान गरिनेछ ।
यस्तै, अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने सबै ग्राहकले सामुदायिक यात्रामा सहभागी हुने अवसरसमेत पाउनेछन् । टोयोटा नेपालका अनुसार यस वर्षको अफरलाई केवल मूल्य छुटमा सीमित नराखी ग्राहकलाई नयाँ उत्पादन, यात्रा र सामुदायिक अनुभवसँग जोड्ने गरी तयार गरिएको हो।
अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा सञ्चालन हुने नाइमा अटो शो २०२६ मा टोयोटाले आफ्ना विभिन्न मोडल प्रदर्शन गर्नुका साथै दुई नयाँ मोडल सार्वजनिक गर्नेछ। कम्पनीले अटो शोमा सहभागी भएर नयाँ उत्पादन र विशेष अफरको लाभ लिन ग्राहकलाई आग्रह गरेको छ ।
