सुनको मूल्यमा सामान्य गिरावट, चाँदीमा वृद्धि

विज्ञापन
ncell

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी को मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको २ सय रुपैयाँले घटेर ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर तोलाको ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो ।