कपिलवस्तुका पूर्वमेयर सिंह हराएको तीन दिनपछि मृत भेटिए
काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् । तीन दिनदेखि हराइरहेका सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको हो।
कपिलवस्तु प्रहरीका अनुसार ६५ वर्षीय सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु-३ स्थित घरबाट निस्किएका थिए । पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।
तौलिहवा गोरुसिंगे क्षेत्रको जंगलमा हराएका उनको खोजीमा सबै विधि अपनाएको र आज मृत अवस्थामा भेटिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
