भदौबाट देशभर आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा
उनीहरूको आन्दोलन २९ दिनसम्म चलेको थियो । १७ वैशाख २०८२ मा सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरेको थियो ।
काठमाडौं । नेपाल शिक्षक महासंघले भदौबाट आन्दोलन गर्ने घोषणा गरेको छ । शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौबाट आन्दोलन गर्ने निर्णय गरेको महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
परिषद् बैठकले आगामी भदौबाट आन्दोलन गर्ने लगायतका १५ बुँदे निर्णय सार्वजनिक गरेको छ । आन्दोलनको मिति र कार्यक्रम तय गर्ने अधिकार परिषद्बाट विस्तारित कार्यादलीय बैठकलाई प्रत्यायोजित गरिएको महासंघले जनाएको छ ।
शिक्षकहरूले २० चैत २०८१ देखि काठमाडौंकेन्द्रित आन्दोलन गरेका थिए । उनीहरूको आन्दोलन २९ दिनसम्म चलेको थियो । १७ वैशाख २०८२ मा सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरेको थियो । तर, एक वर्ष नाघिसक्दा पनि सरकारले सहमतिअनुसार शिक्षा ऐन नल्याएको भन्दै शिक्षकले फेरि आन्दोलनमा जाने निर्णय गरेका हुन् ।
