आन्दोलनका कारण योजनावद्ध काम गर्न सकिएनः गृहमन्त्री

विज्ञापन
ncell

गृहमन्त्री सुधन गुरुङले निरन्तरको आन्दोलन र जनताका तत्कालीन समस्या र मागका कारण आफूले योजनामुखी काम प्रभावकारी रूपमा अघि बढाउन नसकेको बताएका छन् ।

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निरन्तरको आन्दोलन र जनताका तत्कालीन समस्या र मागका कारण आफूले योजनामुखी काम प्रभावकारी रूपमा अघि बढाउन नसकेको बताएका छन् । 

बिहीबार जेन-जी घर उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले पदभार सम्हाले यता एकपछि अर्को आन्दोलन भइरहेकाले मन्त्रालयका दीर्घकालीन योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न नपाएको गुनासो गरे । उनले जेन-जी पुस्तासँग तत्कालीन सरकारले गरेका सहमतिको कार्यान्वयनको लागि आवश्यक नीति, योजना र कार्यक्रम बनाउनुपर्ने भएपनि परिस्थिति अनुकूल नभएको बताए ।

यद्यपि जेन-जी शहीदका परिवार र जेन-जी पुस्ताका मागहरु पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ । उनले जेन-जी आन्दोलनलाई लिएर राजनीति गरिरहेका जेनजी अगुवाप्रति आपत्ति पनि जनाए । उनले पछिल्लो समय राजनीति गरिरहेका जेनजी प्रतिनिधिहरुको नियत ठिक नरहेको आशंका पनि गरे ।