प्रतिष्पर्धीको अन्तर्वार्ता नसकिँदै दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त गरिएकोमा कांग्रेसको आपत्ति

विज्ञापन
ncell

काठमाडौं ।  नेपाली काँग्रेसकी सांसद गीता गुरुङले सरकारले राजनीतिक नियुक्ति खारेज गरी खुला प्रतिष्पर्धाबाट सार्वजनिक निकायमा नियुक्ति गर्ने भनेपनि व्यवहारमा त्यसको पालना नगरेको आरोप लगाएकी हुन् ।

बिहीबार सिंहदरबारमा बसेको संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन संयुक्त समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाइन् । उनले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति गर्दा सरकारले अन्तर्वार्ता नै नलिई नियुक्त गरेको गुनासो आएको बताइन्। 

उनले यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताइन् । उनले त्रिभूवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएको दुई महिना बितिसक्दा समेत रेक्टर र रजिस्ट्रार नियुक्त हुन नसक्दा कार्यकारी परिषद्को काम र बजेट पारित प्रक्रिया प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण समेत बताइन् । उनले कतिपय विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियामा समेत सरकारले कानून मिचेको आरोप लगाइन् ।