कुजु नेपालले भित्र्यायो याडियाका तीन नयाँ इलेक्ट्रिक स्कुटर, ५० हजार किलोमिटरसम्मको वारेन्टी

विज्ञापन
ncell

काठमाडौं ।  विश्वकै अग्रणी विद्युतीय दुईपांग्रे सवारीसाधन ब्रान्ड याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालि ले नेपाली बजारमा नयाँ पुस्ताका जीएस७०, जीटी७० र जीटी८० विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै कुजु नेपालले बजारमा विद्युतीय स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीले आधुनिक प्रविधि, उच्च कार्यसम्पादन र स्मार्ट फिचरसहितका यी तीन मोडेलमार्फत नेपालमा विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु भएको जनाएको छ।

कम्पनीका अनुसार तीनवटै स्कुटर दैनिक सहरी आवतजावतदेखि लामो दूरीको यात्रा तथा प्रिमियम प्रदर्शन चाहने ग्राहकलाई लक्षित गरी तयार गरिएको हो । याडिया जीएस७० मा २.९ किलोवाट-आवर एलएफपी ब्याट्री र २.८ किलोवाट पिक मोटर जडान गरिएको छ । यसले एकपटकको पूर्ण चार्जमा १९१ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।

याडिया जीटी७० लामो दूरीका लागि डिजाइन गरिएको मोडेल हो । यसमा ५.७ किलोवाट-आवर डुअल एलएफपी ब्याट्री प्रणाली(३.६ किलोवाट-आवर फिक्स्ड २.१ किलोवाट(आवर रिमुभेबल ब्याट्री) र ३.७ किलोवाट पिक मोटर रहेको छ । यसले २२९ किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने बताइएको छ ।

त्यसैगरी याडिया जीटी८० प्रिमियम सेग्मेन्टअन्तर्गतको मोडेल हो । यसमा ३.६ किलोवाट-आवर लिथियम ब्याट्री, ५ किलोवाट पिक मोटर तथा ८० किलोमिटर प्रतिघण्टासम्मको उच्च गति उपलब्ध छ। कम्पनीका अनुसार यसको अधिकतम रेञ्ज १५० किलोमिटर रहेको छ । तीनवटै स्कुटरमा आधुनिक स्मार्ट प्रविधि समावेश गरिएको कम्पनिले जनाएको छ ।यी स्कुटरहरू हाल नेपालभर रहेका २० वटा आधिकारिक याडिया डिलरशिप मार्फत उपलब्ध हुनेछन्। साथै नाइमा अटो शो सम्पन्न नहुँदासम्म प्रत्येक मोडेलमा १० हजार रुपैयाँसम्म विशेष छुट पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । ग्राहकहरूले नजिकको आधिकारिक याडिया शोरुम मा गएर स्कुटरको अवलोकन, टेस्ट राइड तथा फाइनान्स सुविधासम्बन्धी थप जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।