रवीन्द्र मेहताको शव बुझ्न अस्वीकार, गृहमन्त्री र परिवारबीच वार्ता सुरु
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच अस्पतालमा वार्ता सुरु भएको छ ।
सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गोली लागेर उपचारका क्रममा आज मृत्यु भएका २२ वर्षीय रवीन्द्र मेहताको शव बुझ्न आफन्तहरूले अस्विकार गरेका थिए।
उनको त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो । उनका आफन्तहरूले गृहमन्त्री सुधन गुरुङ आफैं आएर आफूहरूको माग सम्बोधन गर्नुपर्ने माग राख्दै अस्पतालमा धर्ना दिएका थिए ।
