१० अर्बको ‘विकास ऋणपत्र-२०९८’ ल्याउँदै सरकार, सर्वसाधारणले पनि लगानी गर्न सक्ने
यस विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाहरूका साथै अन्य संघ-संस्था, फर्म, कम्पनी तथा आम सर्वसाधारण व्यक्तिहरूले समेत लगानी गर्न सक्नेछन् । इच्छुक खरिदकर्ताहरूले कार्यालयको अनलाइन प्रणाली ‘डेब्ट अपरेसन म्यानेजमेन्ट सिस्टम’को आधिकारिक वेबसाइट मार्फत आफ्नो बोलकबोल पेश गर्नुपर्ने छ ।
काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ बराबरको १५ वर्षे ‘विकास ऋणपत्र-२०९८’ निष्कासन गर्ने भएको छ । आन्तरिक ऋण परिचालन गर्ने उद्देश्यले सरकारले ‘विकास ऋणपत्र-२०९८’ निष्कासन गर्ने भएको हो ।
अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै ऋणपत्र खरिदका लागि भोलि साउन २० गते बोलकबोल हुने जानकारी दिएको हो । बोलकबोल प्रक्रिया सकिएपछि साउन २१ गते ऋणपत्र औपचारिक रूपमा निष्कासन गरिने कार्यालयले सुचनामा उल्लेख गरेको छ ।
यस विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाहरूका साथै अन्य संघ-संस्था, फर्म, कम्पनी तथा आम सर्वसाधारण व्यक्तिहरूले समेत लगानी गर्न सक्नेछन् । इच्छुक खरिदकर्ताहरूले कार्यालयको अनलाइन प्रणाली ‘डेब्ट अपरेसन म्यानेजमेन्ट सिस्टम’को आधिकारिक वेबसाइट मार्फत आफ्नो बोलकबोल पेश गर्नुपर्ने छ ।
ऋणपत्रको विशेषता, ब्याजदर निर्धारण र बोलकबोल प्रक्रिया सम्बन्धी विस्तृत जानकारीका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वेबसाइटमा रहेको आन्तरिक ऋण सम्बन्धी सूचना हेर्न सकिनेछ ।