परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ
उनीविरुद्ध ०८२ चैतमा मात्रै मुद्दा दर्ता भएको थियो ।
काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। कागेश्वरी मनहरा नगरपालिकाबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार दिउँसो भट्टराईलाई पक्राउ गरेको हो ।
उनलाई राहदानी ऐन अन्तर्गतको कसुरमा पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीविरुद्ध ०८२ चैतमा मात्रै मुद्दा दर्ता भएको थियो । ०६८ सालमा उनले उक्त ऐनअन्तर्गत कसुर गरेको फेला परेसँग उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
