सिन्धुलीमा कार खस्यो: चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

विज्ञापन
ncell

सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका हुन् ।

काठमाडौं । सोमबार दिउँसो सिन्धुलीस्थित सुनकोसी नदीमा कार खस्दा कारमा सवार ३ जना बेपत्ता भएका छन् । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा चालकसहित तीन जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरूमा नाम नखुलेका कार चालक, कारमा सवार सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ का गणेश थापा र नाम नखुलेका एक जना हेल्पर छन् ।

काठमाडौंबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको फिक्कलका २६ वर्षीय हेमबहादुर तामाङले चलाएको बा.प्र.०८-००१ ख ०१४४ नम्बरको बसले खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको लामाले चलाएको कारलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार उक्त कारका धनी दीलकुमार लामा हुन् । लामा मध्यपहाडी (पुष्पलाल) आयोजनाका ठेकेदार हुन् । प्रहरी, जनप्रतिनिधि र स्थानीय घटनास्थलमा खटिए पनि भेलका कारण उद्धार प्रभाावित भएको छ ।