अवैध कारोबारको आशंकामा मुन्दडाको घरमा छापा, प्रहरी रित्तो हात फर्कियो
अवैध नगद लुकाएको आरोपमा सोमबार बिहान साढे ४ बजेदेखि छापा मारेको प्रहरी करिब ५ घण्टापछि रित्तो हात फर्किएको हो ।
काठमाडौं । अवैध कारोबार र कर छलीको आशंकामा नेपाल उद्योग परिसंघ कोशी प्रदेश उपाध्यक्ष प्रकाश मुन्दडाको घरमा छापा मारेको प्रहरी रित्तो हात फर्किएको छ ।
अवैध नगद लुकाएको आरोपमा सोमबार बिहान साढे ४ बजेदेखि छापा मारेको प्रहरी करिब ५ घण्टापछि रित्तो हात फर्किएको हो । खानतलासीका क्रममा शंकास्पद बस्तु नभेटिएको मोरङ प्रहरीले बताएको छ । अवैध नगद र हुन्डीको पैसा लुकाएको सूचनापछि प्रहरी टोली पुगेको थियो ।
देवेनारा समूहका सदस्य वेनीगोपाल मुन्दडाले प्रहरीले छापा मार्दा केही फेला नपारेको बताउँदै प्रहरीलेअन्तिममा क्लिन चिट दिएर गएको बताए ।
