उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा
अवैध कारोबार र कर छलीको आशंकामा प्रहरीले सोमबार बिहान करिब ४ बजेबाट घर र कार्यालय घेराउ गरि छापा मारेको हो ।
काठमाडौं । विराटनगरका प्रतिष्ठित उद्योगी तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा प्रहरीले छापा मारेको छ । अवैध कारोबार र कर छलीको आशंकामा प्रहरीले सोमबार बिहान करिब ४ बजेबाट घर र कार्यालय घेराउ गरि छापा मारेको हो ।
विराटनगर-७ स्थित मोरङ व्यापार संघको कार्यालयअगाडि रहेको मुन्दडाको निवास र देवनरा समूहको कार्यालयलाई प्रहरीले सोमबार बिहान करिब ४ बजेदेखि नियन्त्रणमा लिएको थियो ।
प्रकाश मुन्दडा विराटनगरको प्रतिष्ठित व्यापारिक घरानाका सदस्य हुन् । उनी मोरङ व्यापार संघका पूर्वअध्यक्ष हुनुका साथै हाल नेपाल उद्योग परिसंघ कोशी प्रदेशको उपाध्यक्षसमेत हुन् ।
