देवानगञ्ज घटना: सरकारबीच सहमति भएपछि आफन्तले बुझे शव
शुक्रबार सरकारले पीडित परिवारलाई राहत दिने, सहिद घोषणा गर्ने, घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्ने बताएको थियो।
काठमाडौं । प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन् ।
सुनसरीको देवानगञ्जमा आइतबार दुई समूहको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर सोही दिन ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने उपचारका क्रममा जयप्रकाश मेहताको बिहीबार मृत्यु भएको थियो ।
शुक्रबार बिहान पीडित पक्ष र सरकारबीच ७ बुँदे सहमति भएपछि शुक्रबार कोशी अस्पताल विराटननगरमामा पोस्टमार्टमपछि आफन्तले शव बुझेका हुन् ।
पोस्टमार्टमपछि शव बुझेसँगै आफन्तले अन्तिम संस्कारका लागि शव गाडीमा राखेर शवयात्रा गर्दै कप्तानगञ्ज लगेका छन् । आजै उनीहरूको अन्त्यष्टि हुने बताइएको छ । शुक्रबार सरकारले पीडित परिवारलाई राहत दिने, सहिद घोषणा गर्ने, घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्ने बताएको थियो।
