भुक्तानी सम्बन्धी संस्थालाई करदाता प्रोत्साहन कार्यक्रम आफ्नो प्रणालीमा अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन
यस कार्यक्रममार्फत कर अनुपालन बढाउने र वास्तविक कारोबार अभिलेखीकरणलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली तथा सेवा सञ्चालक कम्पनीलाई करदाता प्रोत्साहन कार्यक्रम आफ्नो प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले सबै भुक्तानी सेवा प्रदायकको मोबाइल एपमा आवश्यकता अनुसार करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ सम्बन्धी बारम्बार सोधिने प्रश्नहरुको छुट्टै खण्ड समावेश गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
त्यसैगरी भुक्तानी प्रणाली सञ्चालकहरुको मोबाइल एपबाट ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी तथा ग्राहकलाई साउन १६ मंगलबार पठाउन बैंकले निर्देशन दिएको छ ।
सरकारले वस्तु तथा सेवा खरिद गर्दा उपभोक्तालाई अनिवार्य रूपमा बिल/बीजक लिन प्रोत्साहन गर्ने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ लागू गरेको हो । यस कार्यक्रममार्फत कर अनुपालन बढाउने र वास्तविक कारोबार अभिलेखीकरणलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
