जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यू आदेश

विज्ञापन
ncell

स्थिति नियन्त्रणबाहिर जान सक्ने देखिएपछि उक्त क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको हो ।

काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। स्थिति नियन्त्रणबाहिर जान सक्ने देखिएपछि उक्त क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जनकपुरधामका तोकिएका क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो। प्रशासनका अनुसार कर्फ्यू आदेश आज दिउँसो ३ बजेर ३० मिनेट जादाँ लागू हुनेछ ।

प्रशासनले शान्ति-सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु आदेश जारी गरिएको जनाएको छ ।

कर्फ्यू लागू हुने क्षेत्र र अन्य विवरण जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचनामार्फत सार्वजनिक गर्ने जनाएको छ ।