हिंसाबाट विवाद समाधान हुँदैन, सामाजिक सद्भाव नबिगारौं: प्रधानमन्त्री कार्यालय

विज्ञापन
ncell

साउन १० गते देवानगञ्ज गाउँपालिका वडा नं. ३, कप्तानगञ्जमा भएको घटनामा परी मृत्यु भएका व्यक्तिप्रति सरकारले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।

काठमाडौँ । सुनसरीको देवानगञ्जमा हालै भएको घटना र त्यसपश्चात् पूर्वी नेपालका केही जिल्लाहरूमा उत्पन्न परिस्थितिलाई लिएर सरकारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाका सम्बन्धमा सरकारले चालेका कदम र भावी योजनाबारे जानकारी दिएको हो । साउन १० गते देवानगञ्ज गाउँपालिका वडा नं. ३, कप्तानगञ्जमा भएको घटनामा परी मृत्यु भएका व्यक्तिप्रति सरकारले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।

साथै, घटनामा घाइते भएका सर्वसाधारण र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत घाइतेहरूको उपचारको प्रबन्ध मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।