सुन तोलामा ५ हजार २०० ले घट्यो, चाँदी पनि सस्तियो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मूल्य तोलाको ५ हजार २ सयले घटेर तोलाको २ लाख ७८ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।

काठमाडौं । नेपाली बजारमा आजपनि सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मूल्य तोलाको ५ हजार २ सयले घटेर तोलाको २ लाख ७८ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५० रुपैयाँले घटेर तोलाको ४ हजार २३५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४ हजार ४८५ मा कारोबार भएको थियो ।